Logo

प्रस्तावित प्रधानन्यायाधीश कार्कीलाई सांसदहरुको प्रश्न



काठमाडौँ, १ असार । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीमाथि संसदीय सुनुवाइ समितिमा सांसदहरूले प्रश्नै प्रश्न सोझ्याएका छन् । शुक्रबार सिंहदरबारस्थित सुनुवाइ समितिको हलमा बिहान ८ बजेदेखि भइरहेको सुनुवाइ समितिको बैठकमा सांसदहरूले कार्कीमाथि न्यायिक सुधारका विषय तथा उनका व्यक्तिगत काम कारवाहीका बारेमा प्रश्न गरेका छन् ।

सांसद पदम गिरी, देवेन्द्र दाहाल, जनार्दन शर्मा, महेश कुमार बर्तौला, ज्ञानेन्द्र बहादुर कार्की, डोलप्रसाद अर्याल, रमेशजंग रायमाझी, जगप्रसाद शर्मा, प्रकाश अधिकारी, ईश्वरी न्यौपाने, ईश्वरी घर्ती, लीलानाथ श्रेष्ठलगायतले प्रश्न गरेका थिए ।

सांसदहरूले अदालतमा भ्रष्टाचार बढेको, गरिबले सहज रूपमा न्याय पाउने अवस्था नरहेको, कार्कीले फैसला गरेका मुद्दा विवादास्पद रहेको, घुस खाएको लगायतका प्रश्नहरूको वर्षा गरेका छन् । भ्रष्टाचार र विचौलियाको अन्त्य, मुद्दा छिटो छरितो फैसला जस्ता न्यायलय सूधारको योजनामा धेरै प्रश्न केन्द्रित थिए ।

 

प्रतिक्रिया दिनुहोस्