Logo

प्रस्तावित मन्त्रीको नाम हेरफेर हुँदैनः एकीकृत समाजवादी



काठमाडौँ, १२ असार । नेकपा एकीकृत समाजवादीले यसअघि पार्टीको स्थायी कमिटी बैठकले तय गरेको नयाँ मन्त्रीको नाम अब हेरफेर नहुने बताएको छ । पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले पार्टीसँग बार्गेनिङ गर्ने छुट मन्त्रीहरुलाई नभएको बताए ।

मन्त्री फेर्ने पार्टीको निर्णयलाई चुनौती दिँदै मन्त्री तथा सांसदहरुले सामूहिक रुपमा राखेको सर्तबारे उनले यस्तो प्रतिक्रिया जनाएका हुन् । पार्टीले तय गरेको नाम हेरफेर नहुने र उनीहरुको शपथग्रहण तत्काल गराउन देउवालाई दवाव दिइने उनले बताए ।

मन्त्री तथा सांसदहरुले गत असार ९ मा विभिन्न आठ वटा सर्त राखेर अध्यक्ष माधवकुमार नेपाललाई बुझाएका थिए । उनीहरुले मन्त्रिपरिषद्‍मा आफ्ना सदस्यहरु हेरफेर गर्दा पूरै नयाँ लैजानुपर्ने, समावेशी सिद्धान्त अपनाउनुपर्ने जस्ता सर्त राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्