रुकुम (पूर्व), २८ साउन । रुकुम (पूर्व) मा नेपाल प्रहरीको गाडी पल्टिँदा सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षकसहित पाँच जना घाइते भएका छन् ।
सदरमुकाम रुकुमकोटबाट पुथा उत्तरगङ्गा गाउँपालिकाको तकसेरा जाने क्रममा गाडी पुथा उत्तरगङ्गा गाउँपालिका-११ तल्लो सेरामा दुर्घटनामा परेको हो ।
गाडी सडकबाट झण्डै एक सय मिटर तल खसेको गाउँपालिकाका प्रवक्ता एवम् वडा नं.५ का वडाध्यक्ष टिकासाई घर्तीले जानकारी दिए ।
गाडीमा चालकसहित नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक प्रकाश डाँगी, सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक रविन्द्र श्रेष्ठ र अन्य गरी ६ जना सवार थिए । सशस्त्रका डिएसपी श्रेष्ठसहित अन्य पाँच जना घाइते भएका छन् ।






