Logo

प्रहरीको गोली लागेर घाइते भएका एक जना प्रदर्शनकारीको मृत्यु



काठमाडौँ, १३ पुस । ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर घाइते भएका एक जना प्रदर्शनकारीको उपचारको क्रममा मृत्यु भएको छ । किष्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृतक पुरुष रहेको र पहिचान खुलेको छैन ।

कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै भाषा सिकेका व्यक्तिहरूको समूहले ईपीएस कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । जहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा अनुत्तीर्ण भएकाहरूले आफूहरूलाई उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा सहभागी गराउन माग गर्दै बालकुमारीस्थित सडकमा उत्रिएर प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको गाडीमा आगजनगी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्