Logo

प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा आठ जना पक्राउ



सिन्धुली, २३ कात्तिक । सिन्धुलीमा प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा आठ जना पक्राउ परेका छन् ।

मरिण गाउँपालिका-७, ठाटी कमलेश्वर महादेव मन्दिरमा पूर्णिमाको अवसरमा परम्परागत बत्ती बाल्ने मेलाका क्रममा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा मरिण-७ बस्ने २९ वर्षीय सांगे लोलगायत आठ जना छन् ।

मादक पदार्थ सेवन गरेका उनीहरूले डिउटीमा खटिएको प्रहरी टोलीमाथि अपशब्द प्रयोग गर्दै गालीगलौज गर्ने, प्रहरीको हतियार खोस्ने प्रयासलगायत अभद्र व्यवहार गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न अरू फरार व्यक्तिहरूको खोजी भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्