कुनै समय काठमाडौंमा ठूला भवन निर्माण गर्न, ठेक्कामा टेण्डर हाल्न, जग्गा प्लटिङ् डनको पूर्व स्वीकृति लिनु पथ्र्यो । उद्योगी, व्यापारी, कर्मचारी, राजनीतिक क्षेत्रसमेत डनबाट प्रताडित र त्रसित थियो ।
काठमाडौं उपत्यकाको डनगिरी ठेक्कापट्टा र जग्गाको कारोवारसँगै उपत्यका बाहिरपनि फैलियो । यसले संगठित अपराधलाई डरलाग्दो तरिकाबाट बिकास गर्यो । पार्टी फुटे जस्तै डनका समूह पनि विभाजित भए । नयाँ नयाँ डनका समूह बिकास भए ।
माओवादी सशस्त्र द्वन्दमा नफस्टाएको डनगिरी २०६३÷०६३ को जनआन्दोलनपछि ह्वात्तै फस्टायो । द्वन्दको समयमा कमजोर बनेको नेपाल प्रहरीमाथी डानहरु डरलाग्दो गरि हावी भए । डनले संगठित अपराधको डरलाग्दो बिकास गरे । नेपाली डनले भारतीय डनसँग सम्पर्क र सम्बन्ध बिकास गरे । जुन राज्यका लागि नै चुनैतीपूर्ण बनेको थियो ।
प्रहरी, प्रसाशन, नेता डनका इसारामा चल्ने अवस्था आयो । सबै डनले एक एक वटा पार्टी र त्यसका पावरदारी नेता समाउने थाले । डनलाई पार्टीको खुल्लम् खुल्ला संरक्षणमा हुँदा प्रहरी निरिह जस्तै बन्यो ।
उद्योगी, व्यापारी, आमनागरिक मात्र होइन प्रहरीसमेत डनको शक्तिबाट त्रसित र आतंकित थिए । डनको दादागिरी अति भएपछि प्रहरीले २०७१ साल साउन २१ गते दिनेश अधिकारी चरीको इन्काउन्टर गर्यो । यस घट्नामा केहि राजनीतिक नेताले बिरोधमा गरे । तर, आम नागरिक इन्काउन्टरको पक्षमा उभिँदा प्रहरीले यस घट्नमा राम्रो इमेज बनायो । इन्काउन्टरमा संलग्न प्रहरी बढुवाको सूचीमा परे ।
त्यस पछि प्रहरीले कुमार श्रेष्ठ घैँटेको इन्काउन्टर गर्यो । अहिलेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल एसपी भएको समयमा घैटेको इन्काउन्टर भएको हो । २०७३ साल भदौ ३ गते काठमाडौंको व्यस्त स्थानमा घैटेको इन्काउन्टर भएको थियो ।
चरी र घैटे दुबै गुण्डाका डन नै थिए । उनीहरुले संगठित अपराध चलाएका थिए । उनीहरुका अपराधका सम्बन्धमा नागरिक थोर बहुत जानकार थिए । त्यस्तो अवस्थामा प्रहरीले इन्काउन्टर गर्दा नागरिक, मिडिया, राजनीतिककर्मीको बलियो समर्थन पायो । प्रहरीले चरी र घैँटेको गैरन्यायिक हत्या गरे पनि मानवअधिकारवादीले खासै प्रतिक्रिया दिएनन् । प्रहरीमा इन्काउन्टरको कामाण्ड सम्हाल्ने प्रहरी अफिसरको उच्च मूल्याङ्कन हुन थाल्यो ।
प्रहरीले २०७४ साउन २३ गते लागु औषधमा संलग्न प्रविन खत्रीलाई ललितपुरमा इनकाउन्टरका नाममा हत्या गर्यो । खत्री आगु औषधका सामान्य व्यक्ति भएकाले धेरै चर्चा भएन । निलम्वित एसएसपी दिवेश लोहनीको कमाण्डले २०७४ माघ १४ टीका बहादुर थापा मगर टीकेको इन्काउन्टरको प्रयास गरे पनि सफल भएन ।
अर्का डन रमेश बाहुन पनि प्रहरीको इन्काउन्टरबाट जोगिएका व्यक्ति हुन् । उनलाई भारतबाट पक्राउ गरी नेपाल ल्याइयो र इनकाउन्टरको चाँजो मिलाउँदा मिलाउँदै पत्रकारले खुलासा गरिदिँदा बाहुनको ज्यान जोगिएको हो । प्रहरीले बाहुनलाई नेपाल ल्याएको कुरा प्रहरीबाटै मिडियामा लिक हुँदा बाहुन मारिनबाट जोगिएका हुन् ।
प्रहरीले भक्तपुरका बालक निशान खड्का अपहरण पछि हत्यामा संलग्न अजित तामाङ र गोपाल तामाङको इन्काउन्टरको नाममा हत्या गरेको छ । प्रहरीको कथित इन्काउन्टर बिवादको घेरामा परेको छ । अजित र गोपाललाई प्रहरीले डेराबाट पक्राउ गरी जंगलमा लागि हत्या गरेको एक दर्जन भन्दा बढी तथ्यले पुस्टी गरेका छन् ।
पक्राउ परेका अभियुक्तलाई गैरन्यायिक हत्या गरिनु प्राकृतिक न्यायको सिद्धान्त बिपरित कार्य हो । यस्तो कार्य दण्डनीय हुन्छ । नेपाल प्रहरीले अजित र गोपाल तामाङको कथित इन्काउन्टरबाट उम्कन मुस्किल हुन सक्छ । कानुन हातमा दिने प्रहरीको कार्य कुनै अर्थमा पनि विधिसम्मत मानन सकिँदैन । बालक अपहरण र हत्या जघन्य अपराध हो भन्दैमा हत्या गर्ने कानुनी अधिकार हुँदैन । उसलाई कानुन अनुसार सजाय हुनु पर्छ । तर, प्रहरी यसमा चुकेको छ । उसले अपराधका सबै प्रमाण नस्ट गरेको छ ।
नेपाल प्रहरीमा इन्काउन्टरमा नाममा किन गैर न्यायिक हत्या हुन्छ ? यस्ता गैरन्यायिक हत्यामा राजनीतिक दल, तिनका नेता कार्यकर्ता, मानव अधिकारकर्मी, नागरिक समाज, संचारकर्मी किन खरो रुपमा उत्रदैँनन् ? यसका केहि कारण केलाउने प्रयास गरिएको छ ।
बढुवाका लागि फेक इन्काउन्टरको खेल
नेपाल प्रहरीमा बढुवाका लागि फेक इन्काउन्टरको खेल लामो समयदेखि चल्दै आएको छ । पञ्चायत कालमा डाँका मार्ने प्रहरीको तत्काल बढुवा हुन्थ्यो । खासगरी भारतसँग सीमा जोडिएका तराईका जिल्लामा भारतीय डाँकाले संगठित रुपमा डकैती गर्दथे । भारतीय डाँका पक्राउ परे पनि प्रहरीले हत्या गर्दथ्यो । कयौँ ठाउँमा त प्रहरीका हाकिमले ठाउँका ठाउँ बढुवाको घोषणा गर्दथे । भारतीय डाँका मारेर नेपाल प्रहरीको उपल्लो पदमा दर्जनौँ प्रहरी पुगका छन् ।
२०४६ सालको परिवर्तन पछि भारतीय डाँकाको आक्रमणमा केहि कमी आयो । त्यसमा पनि माओवादी द्वन्द्व चर्किएसँगै भारतीय डाँकाको आक्रमणमा पनि कमी भएको हो । सीमा तथा तराईका ग्रामिण इलाकामा नेपाल प्रहरीको उपस्थिति पातलो भएपनि माओवादी आन्दोलनको प्रभावले भारतीय डाँकाको आक्रमणमा कमी आएको हो ।
माओवादी आन्दोलन बढेसँगै डाँका मारेर तक्मा थाप्ने प्रहरी माओवादीको इन्काउन्टर गरेर बढुवा लिने थाले । द्वन्द्वकालमा पक्राउ परेका माओवादी भिण्डन्तमा मारिए भनेर स्याबासी र बढुवा लिने प्रहरी पनि माथिल्लो तहमा पुगे ।
माओवादी द्वन्द्व शान्तिप्रक्रियामा रुपमान्तरण भए पछि नेपाल प्रहरी संगठित अपराधका बिरुद्ध लाग्यो । प्रहरीमा डनको इन्काउन्टरका नाममा सिकार खेल्नेको बढुवा हुन थाल्यो । अहिलेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल त्यस मध्येका एक हुन् । महानिरीक्षक खनाल मान्छेको सिकार खेलेरै महानिरीक्षक हुन सफल भएका हुन् ।
महानिरीक्षक खनाल एसपी हुँदा उनका प्रतिस्पर्धि रमेश खरेल थिए । मिडियामा खरेलको राम्रो प्रचार थियो । त्यस बिचमा खनालले डन कुमार श्रेष्ठ घैटेको इनकाउन्टरका नाममा हत्या गरे । यसमा उनले राम्रो जनसमर्थन पाए । जसले उनलाई प्रहरी महानिरीक्षक पनि बनायो । खनाल गैरन्यायिक हत्या गरेर प्रहरीमा धेरै अंक प्रप्त गरी महानिरीक्षक भएका हुन् ।
महानिरीक्षक खनाल गैरन्यायिक हत्यालाई प्रोत्साहित गर्ने व्यक्ति पनि हुन् । उनले कानुनको साशन भन्दा कानुन हातमा लिने काम गरेका छन् ।
नेपाल प्रहरीमा बढुवाका लागि इन्काउन्टर चलाउने प्रतिस्पर्धा नै चलेको छ । निलम्वित एसएसपी दिवेश लोहनीले पनि बढुवाकै लागि जेलबाट फरार अभियुक्त टीकाबहादुर थापामगर टीकेको इनकाउन्टर गर्न खोजेका थिए । तर, खुट्टामा गोली लागेर टीके बँचे । लोहनीको गैरन्यायिक हत्या असफल भयो । उनले सुन काण्डका डन चुडामणि उप्रती गोरेको पनि हत्या गर्ने योजना बनाउँदा सुन काण्डमा आफैँ फसे । अन्य दर्जनौँ प्रहरी अफिसर छन्, जो गैरन्यायिक हत्या गरेर बडेवा हुन चाहन्छन् ।
इन्काउन्टरमा नाममा एक दुईलाई सिकार खेल्न पाउँदा त्यस्ता प्रहरीको बढुवा पक्का हुन्छ । प्रहरीमा अभियुक्तको सिरकार खेलेकै भरमा माथिल्लो तहमा पुग्न पाइने भएपछि अन्य काममा धेरै मेहनत गर्नै नपर्ने मनोवृति हुर्किएको छ ।
धिरजप्रताप र विश्वराज बिचको प्रतिस्पर्धा
प्रहरी अपराध महाशखाको प्रमुख एसएसपी धिरजप्रताप सिंह र काठमाडौं प्रहरी परिसर एसएसपी विश्वराज पोखरेल एउटै व्यजका हुन् । सिंह र पोखरेल दुबैजना प्रहरी महानिरीक्षक खनाल गुट कै हुन् । भविश्यमा आईजीपी हुने लाइन्मा दुबै जना सक्रियछन् । तर, को पहिला हुने भन्ने डरलाग्दो प्रतिस्पर्धा देखिएको छ । दुबै जना केहि समय पछि नै डिआईजीमा बढुवा हुँदैछन् । डिआईजीमा जो एक नम्बर हुन्छ, त्यहि आईजिपी हुने भएकाले एक नम्बरमा हुन सहकर्मीलाई सिध्याउने खेलमा दुबै लागेका छन् ।
आइजिपी खनार र उनका प्रतिस्पर्धि रमेश खरेल बिचको प्रतिस्पर्धाले प्रहरी विभाजित थियो । अहिले सिंह र पोखरेलका नाममा प्रहरी बिभाजित हुँदै गएको छ । एकले अर्कामा जसले उछिन्न सक्छ त्यहि पहिला आइजिपी हुने हो । त्यसका लागि दुबै एक अर्कालाई सिध्याउने र फसाउने खेलमा लागेका छन् । उनीहरुका अर्का प्रतिस्पर्धि एसएसपी दिवेश लोहनी थिए । तर, उनी गोरे काण्डले रिङ आउट भए । अब प्रतिस्पर्धि सिंह र पोखरेल मात्र छन् ।
बालक निशान खड्का अपहरण प्रकरणमा प्रहरी अपराध महाशाखाले अपरेशन गरेको हो । एसएसपी विश्वराज पोखरेल सिंहलाई व्याक पार्ने यहि मौका हो भन्दै कम्मर कसेर लागेका छन् । इन्काउन्टरका नाममा प्रहरी कहाँ र कसरी चुक्यो गर्यो ? इन्काउन्टर गर्ने प्रहरीका कमजोरी के के छन् ? भन्ने सूचना मिडियामा लिक गर्ने मुख्य स्रोत नै एसएसपी पोखरेल हुन् । उनले आफु निकटका पत्रकारलाई सूचना दिएर सिंहलाई फसाउने खेलमा लागेका छन् ।
एसएसपी सिंहको मिडिया प्रयोग गरेर हिरो हुने तयार सबै तुहिएको छ । उनले दुई दिन मिडियाको प्रयोग गरे । तर, नागरिक तहबाट अजय र गोपाल तामाङलाई डेराबाट पक्राउ गरेको प्रतिक्रिया आएपछि सिंहका सबै योजना तुहिएको हो ।
एसएसपी धिरजप्रताप सिंहको आदेशमा अपराध महाशाखाका डिएसपी रुगम कुँवरको कमाण्डमा अजय र गोपालको हत्या गरेका हुन् ।
प्रहरीमा सेलिब्रेटी बन्ने होड
नेपाल प्रहरीमा प्रहरी निरीक्षक भएदेखि नै रमेश खरेल मिडियाको आकर्षक पात्र बने । प्रहरीमा इमान्दारीको खडेरी लागेका बेला नेपाल प्रहरीमा खरेल इमान्दार र कर्तव्यनिष्ठ प्रहरी अधिकृतको रुपमा स्थापित भए । मिडियाले उनको यति प्रचार गर्यो कि उनी जुन ठाउँमा जान्छन् गुण्डाको भागभाग हुन थाल्यो । एसपी भएका बेला त उनको चर्चा प्रहरी महानिरीक्षकको भन्दा कयौँ गुणा बढी हुन्थ्यो ।
मिडियाले खरेललाई सेलिब्रेटीको रुपमा स्थापित गरिदियो । उनले पनि मिडियाको भरपुर उपयोग गरे । प्रहरीमा बिस्तारै प्रचार बिना बढुवा नहुइँने रहेछ भन्ने मान्यता स्थापित भयो । यस्तो मान्यता खरेलले स्थापित गरेका हुन् । अरु प्रहरी हाकिम पनि मिडियाको नजिक हुने र चर्चामा आउनका लागि केहि गतिविधि गर्ने नाममा इन्काउन्टर गर्न उत्साहित भएका हुन् ।
कमजोर कमाण्ड
नेपाल प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल परिपक्क महानिरीषक मानिन्दैनन् । उनले एसएसपीको राम्रो अनुभन लिन नपायी फटाफट बढुवा हुन पाएका हुन् । डिआईजीमा केहि महिना मात्र काम गरेका खनाल छोटै अवधिमा महानिरीक्षक बनेका हुन् ।
नेपाल प्रहरीमा बलियो कमाण्ड बनाउन नपाई महानिरीक्षक बनेका खनाल आफैँ गैरन्यायिक हत्याबाट स्थापित भएका हुन् । अपराध नियन्त्रणमा उनको भुमिका कमजोर देखिएको छ । मिडियाको बलमा चर्चामा आएका खनाल महानिरीक्षक भएपछि गुमनाम जस्तै बनेका छन् ।
प्रहरीका इन्काउन्टर सम्बन्धि पछिल्ला सोँचले संविधान, ऐन, कानुनका आधारमा भन्दा कानु हातमा लिएर अघि बढेको देखिन्छ । प्रहरीका यस्ता गतिविधिले विधिको साशन स्थापित हुन सक्तैन । महानिरीक्षकले यस्ता कार्यमा प्रहरी अफिसरलाई निरुत्साहित गर्नु पर्नेमा प्रोत्साहित हुँदा महानिरीक्षक खनालको भुमिका बिवादमा परेको छ ।
गैरन्यायिक हत्याका दोसीलाई कारवाही होला ?
अस्तथिर राजनीति र सरकारको फाइदा उठाएर गैरन्यायिक हत्यालाई पुस्कारका रुपमा नेपाल प्रहरीमा स्थापित हुनु दुर्भाग्यपूर्ण कार्य हो । जनताबाट निर्वाचित सरकारले कुनैपनि हत्याको पक्षमा लाग्नु हुँदैन । अस्थिर सरकारका समयमा प्रहरीले गर्ने गैरन्यायिक हत्याले छुट पाएपनि अव त्यस्तो छुट दिनु हुँदैन ।
बालक निशान खड्काको हत्यामा संलग्न रहेका अजित तामाङ र गोपाल तामाङको गैरन्यायिक हत्याको जवाफ कस्ले दिने ? घट्नाको जिम्मेवारी कस्ले लिने ? नेपाल प्रहरीको नेतृत्व वा गृहमन्त्री कसले गैरन्यायिक हत्याको जिम्मेवारी लिने हो ?
संविधानको मृत्यु दण्ड दिन नपाइने संवैधानि व्यवस्थालाई प्रहरीले चुनैती दिन मिल्छ ? प्रहरीको पछिल्ला गतिविधिले विधिको साशनको धज्जी उँडाएको छ । जनताबाट निर्वाचित सरकारले संविधान बर्खिलापमा जाने दोसी प्रहरीलाई कारवाही गर्नुपर्छ । र, दण्डहिनताको अन्त्य गर्नुपर्छ ।