Logo

प्रादेशिक संरचना खारेज गर्नुपर्छ: पौडेल



काठमाडौँ, १ असोज । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले सङ्घीयता र नागरिकता विधेयकलगायतमा आफ्नो पार्टीको असहमति भए पनि वर्तमान संसद्को कार्यकाल सफल भएको बताएकी छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा उनले नेपालको प्रादेशिक संरचना निर्माण गर्दा अनुत्पादक ठाउँमा लगानी भएको र मुलुक भ्रष्टाचारका जालोमा परेको तर्क गर्दै यसले आर्थिक अवस्था अस्तव्यस्त बन्दै गएको बताइन् ।

उनले प्रादेशिक संरचना खारेज गर्नुपर्ने आफ्नो पार्टीको माग पूरा नभए पनि माग यथावत रहेको बताइन् । उनले अब आउने नयाँ सरकारमा पनि पाँच वर्षको स्थिर सरकार बनोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् ।

नागरिकताको विषयमा वंशज र अङ्गीकृता दिने व्यवस्थामा विधि र प्रक्रियाबाट मात्र दिइनुपर्छ भन्ने आफ्नो माग रहेको उनले स्पष्ट पारेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्