Logo

प्राधिकरणले भारतलाई २ महिनामा ५ अर्ब ४३ कराेड रुपैयाँकाे बिजुली बेच्याे



काठमाडौँ, ४ असोज । चालु आर्थिक वर्ष २०८०/८१ को २ महिनामा ५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँको बिजुली भारत निर्यात भएकाे छ ।

नेपाल विद्युत् प्राधिकरणले साउनमा १ अर्ब ९४ करोड ८४ लाख र भदौमा ३ अर्ब ४८ करोड ४८ लाख रुपैयाँको बिजुली भारतीय बजारमा निर्यात गरेको छ । २ महिनामा ३ अर्ब ३९ करोड ५७ लाख भारतीय रुपैयाँको (५ अर्ब  ४३ करोड ३१ लाख रुपैयाँ) काे बिजुली निर्यात भएको हो ।

साउन र भदौमा भारत निर्यात गरिएको बिजुलीकाे प्रतियुनिट औसत बिक्री दर क्रमशः ८ रुपैयाँ १३ पैसा र १२ रुपैयाँ २७ पैसा छ । २ महिनाको समग्र औसत बिजुली बिक्री दर प्रतियुनिट १० रुपैयाँ ३७ पैसा छ ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको बिजुली भारत निर्यात गर्दै आएको छ । प्रााधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) को डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत र केही अघिदेखि मध्यकालीन विद्युत् सम्झौताबमोजिम झन्डै ११० मेगावाट बिजुली भारतीय कम्पनी एनटीपीसी विद्युत व्यापार निगम लि-एनभीभीएनलाई बिक्री गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्