काठमाडौँ, ११ माघ । आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा सरकारले छानबिन गर्ने भएको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले आचार्यले उठाएका विषय निकै गम्भीर रहेको भन्दै छानबिन गर्ने निर्णय गरेको हो । बैठकले छानबिनको जिम्मा गृह मन्त्रालयलाई दिएको छ ।
जतिसक्यो चाँडो प्रतिवेदन तयार पारेर बुझाउनेगरी गृह मन्त्रालयलाई छानबिनको जिम्मेवारी तोकिएको एक मन्त्रीले जानकारी दिएका छन् ।
मंगलबार इलामका ३७ वर्षका आचार्यले नयाँ बानेश्वरको संसद् भवन बाहिर आफैँलाई आगो लगाएका थिए ।
उपचारका क्रममा उनको बिहान कीर्तिपुर अस्पतालमा उनको मृत्यु भएको छ । उनले आफूले उद्यम गर्ने सिलसिलामा बैंक, वित्तीय संस्था, विभिन्न सुपर मार्केट, व्यापारिक घराना, सरकारी कार्यालय लगायतबाट ठगिएको विषय फेसबुकमा पोष्ट गरेका थिए । यसै विषयमा सरकारले छानबिन गर्ने भएको हो ।






