मेचीनगर, २० साउन । प्रेस क्लब मेचीनगरको अधिवेशन तथा वार्षिक साधारण सभा शनिबार हुने भएको छ ।
बिहीबार बसेको कार्यसमितिको बैठकले साउन २१ गते वार्षिक साधारण सभा तथा अधिवेशन गर्ने निर्णय गरेको हो ।
अधिवेशन काँकरभिट्टा खानेपानी तथा उपभोक्ता सरसफाइ संस्थाको सभाहलमा बिहान ८ बजेबाट सुरु हुने क्लबका अध्यक्ष लक्ष्मी उप्रेतीले जानकारी दिए ।
अधिवेशनबाट आगामी दुई वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन हुनेछ ।






