मेचीनगर, २२ साउन । प्रेस क्लब मेचीनगरको अध्यक्षमा डम्बर बराल निर्वाचित भएका छन् ।
शनिबार बेलुका सम्पन्न निर्वाचनमा उनका निकटतम प्रतिस्पर्धी शिशिर चम्लागाईलाई १ मतको अन्तरले हराउँदै अध्यक्षमा बराल विजयी भएका हुन् ।
बरालले २४ मत ल्याएका थिए भने चम्लागाईले २३ मत प्राप्त गरेका थिए ।
त्यस्तै क्लबको उपाध्यक्ष जीआर धितालले २५ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी खगेन्द्र घिमिरेले २२ मत प्राप्त गरेका थिए ।
त्यसैगरी सचिवमा देबु बानियाँ २८ मत ल्याई विजयी भएका छन् भने उनका प्रतिस्पर्धी हेमन्त निरौलाले १९ मत प्राप्त गरे । सहसचिवमा दीलिप थापाले ३० मत ल्याई विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी प्रविण अधिकारीले १७ मत मात्र प्राप्त गरेका थिए ।
समावेशी उपाध्यक्षमा रीता दाहाल र कोषाध्यक्षमा विनिषा शर्मा निर्विरोध निर्वाचित भएका थिए । त्यस्तै सदस्यहरुमा होमराज राई, विश्वास दाहाल, सुजन प्रधान, गगन ढकाल, विकास देवकोटा र नेहाल दर्जी सर्वसम्मत चयन भएका छन् ।
निर्वाचन समिति संयोजकमा सन्तोष आचार्य तथा सदस्यहरुमा अम्बिका भण्डारी, ज्ञानेन्द्र निरौला, मुक्ति पौडेल र विश्व थापा रहेका थिए ।
प्रेस क्लब मेचीनगरको वार्षिक अधिवेशन तथा पाँचौँ साधारण सभा शनिबार सम्पन्न भएको थियो । साधारण सभाको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमख गोपालचन्द्र बुढाथोकीले गरेका थिए ।






