मेचीनगर, ५ असार । प्रेस क्लब मेचीनगरको ९ औँ स्थापना दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
‘सञ्चार क्षेत्रका चुनौती र समाधानका उपाय’ विषयमा सोमबार मेचीनगरका पत्रकारहरुको साझा संस्था प्रेस क्लब मेचीनगरले उक्त कार्यक्रमको आयोजना गरेको हो ।
क्लबका अध्यक्ष डम्बर बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरभरका सञ्चारकर्मीहरुले वर्तमान अवस्थामा देखिएका चुनौती र समाधानका उपायका विषयमा छलफल गरेका हुन् ।
अन्तरक्रियामा सहभागि बन्दै नगरका अग्रज सञ्चारकर्मीहरुले वर्तमान पत्रकारिताले आफ्नो लाइन बिर्सन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । पत्रकार भन्दा जान्ने बुझ्ने पाठकहरु समाजमा रहेकाले आफ्नो समाचार पस्कँदा बिश्वसनियतामा विशेष ध्यान दिनुपर्ने छलफलमा बोल्ने वक्ताहरुको भनाई थियो ।
नेपाल पत्रकार महासंघ झापाका पूर्वअध्यक्ष मोहन काजीको प्रमुख आतिथ्यतमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा पत्रकारितामा देखिएका आम चुनौतीसँगै नेपाल पत्रकार महासंघले थालेको पत्रकार शुद्धिकरणका विषयमा व्यापक आवाजहरु उठेका छन् ।
अन्तरक्रिया कार्यक्रममा प्रमुख आतिथी काजीसँगै प्रेस क्लब मेचीनगरका पूर्वअध्यक्षहरु सन्तोष आचार्य, ज्ञानेन्द्र निरौला, मुक्ती पौडेल, लक्ष्मी उप्रेती, मेचीनगर सञ्चार प्रतिष्ठानका अध्यक्ष शिशिर चम्लागाइँ, नारी सञ्चार गृह झापाकी पूर्वअध्यक्ष अम्बीका भण्डारी, अग्रज पत्रकार जिएन शर्मा, राजेन्द्र गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
क्लबका सचिव देबु बानिँयाले कार्यक्रमको आचित्य माथि प्रकाश पार्दै स्वागत गरेको कार्यक्रमको सञ्चालन कार्यसमिति सदस्य गगन ढकालले गरेका थिए ।







