मेचीनगर, ११ असोज । प्रेस क्लब मेचीनगरले बडादशैं २०७९ को अवसर पारेर शुभकामना आदानप्रदान तथा पत्रकार प्रशिक्षण सम्पन्न गरेको छ ।
क्लबका अध्यक्ष डम्बर बरालको सभापतित्वमा सोमबार सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले रहेका थिए ।

उक्त अवसरमा नेपालको पत्रकारिता विगत र वर्तमान विषयमा प्रशिक्षण समेत दिइएको थियो ।
सो प्रशिक्षणको सहजीकरण नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष चिन्तामणी दाहालले गरेका थिए ।

दाहालले सहभागि पत्रकारलाई पत्रकारिताको इतिहास तथा वर्तमान अवस्थाका बारेमा जानकारी गराएका थिए ।

उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि बुढाथोकी, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, क्लबका संस्थापक अध्यक्ष सन्तोष आचार्य, पूर्व अध्यक्ष मुक्ति पौडेल, इलाका प्रहरीका कार्यालय काँकरभिट्टाका डिएसी ज्ञानकुमार महतो, अग्रज पत्रकार जीएन शर्मा, नारी सञ्चार गृह झापाकी पूर्व अध्यक्ष अम्बिका भण्डारी, प्रेस सेन्टर झापाका अध्यक्ष झुलन रेग्मी, प्रेस चौतारी झापाका सचिव प्रकाश पौडेललगायतले आ-आफना धारणा राखेका थिए ।
क्लबका उपाध्यक्ष जीआर धितालले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव देबु बानियाँले गरेका थिए ।






