Logo

प्रेस चौतारी नेपाल झापाले मनायो २७ औं स्थापना दिवस




झापा, २२ माघ ।  प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापाले संगठनको एक कार्यक्रमका वीच स्थापना दिवस मनाएको छ । प्रेस चौतारी झापाले आज धार्मिक तथा पर्यटकीय क्षेत्र झापाको शिवसताक्षी–१० स्थित दोमुखामा प्रेस चौतारी नेपालको २७ औं स्थापना दिवस मनाएको हो ।

सोही कार्यक्रममा प्रेस चौतारी नेपाल झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषमा आर्थिक सहयोग समेत जुटेको छ । बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईले आफ्नो श्रीमान ज्ञानुराम प्रसाईको स्मृतिमा ५१ हजार रकम पत्रकार उपचार सहयोग कोषमा हस्तान्तरण गर्ने घोषणा गरेकी छिन् । यस्तै पत्रकार उपचार कोषकी संयोजक भिमा शिवाकोटी लगायतले समेत रकम प्रदान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राई, नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाई, नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारी, प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष पुष्प खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए । बनभोजसहित आयोजना गरिएको कार्यक्रममा बिभिन्न मनोरन्जान्मक कार्यक्रम तथा सांस्कृतिक कार्यक्रम गरिएको थियो । भने अश्लिक, मिथ्या तथा भ्रामक बिषयवस्तु प्रचारप्रसार बिरुद्ध झापाली पत्रकार प्रतिवद्ध छौ भन्दै हस्ताक्षर कार्यक्रम समेत सञ्चालन गरिएको थियो ।

यस्तै प्रेस चौतारी झापाको गत माघ ११ गते सम्पन्न १० औं अधिवेशनबाट चयन भएका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र समेत बितरण गरिएको थियो । सो कार्यक्रमको सहजीकरण निर्वाचन समिति सदस्य गोपाल काफ्लेलले गरेका थिए ।

चौतारी झापाका अध्यक्ष प्रदीप परियारको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यता रहेको थियो । स्वागत उपाध्यक्ष राजु पोखरेलले गरेको कार्यक्रमको सञ्चालन सचिव युवराज आचार्यले गरेका थिए ।

कार्यक्रममा नेकपा एमाले झापा अध्यक्ष प्रेम गिरी, बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराई, हल्दीबारी गाउँपालिका अध्यक्ष त्रिलोचन सापकोटा, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने, प्रेस युनियन झापा अध्यक्ष गिरीराज भट्टराई, समाजबादी प्रेस संगठन झापाका अध्यक्ष शम्भू दाहाल, मिडिया नेपाल झापाका अध्यक्ष रन्जित प्रसाईलगायत बिभिन्न संघसंगठनका प्रमुख तथा प्रतिनिधि, एमालेका बिभिन्न तह र तप्कामा रहेको प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्