हेटौंडा, ७ साउन । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नवौँ अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान हुँदैछ ।
हेटौंडामा जारी अधिवेशनमा बिहान ११ बजेदेखि मतदान शुरु हुने निर्वाचन समितिले जनाएको छ । दिउँसो ४ बजे सम्म तोकिएको मतदान सकिएपछि शनिबार नै गणना गर्ने तालिका छ ।
उक्त अधिवेशनमा एक हजार ६३० जनाले मतदान गर्नेछन्। नयाँ नेतृत्वका लागि पार्टीको संस्थापन र इतर निटका पत्रकारको दुई वटा प्यानल छन् ।
संस्थापन पक्षको तर्फबाट अध्यक्षमा अनिता विन्दु र इतर पक्षबाट शिव लम्साल प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् ।







