दमक, १४ जेठ । दमकमा शुक्रवार आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रममा ३३ पिन्ट रगत संकलन भएको छ ।
लोकतन्त्रवादी पत्रकारहरुको छाता संगठन नेपाल प्रेस यूनियनको ३१ औ स्थापना दिवसका अवसर पारेर आयोजना गरिएको रक्तदानमा ६ महिलासहित ३३ जनाले रगतदान गरेको यूनियन माईपश्चिम क्षेत्रीय समितिका अध्यक्ष बिष्णु सुब्बाले जानकारी दिए ।
नेपाल रेडक्रस सोसाईटी दमक उपशाखा रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा गरिएको रक्तदानमा अग्रज ओमप्रकाश गौतमले ४२ औ पटक रगत दान गरेका थिए ।
दमक नगरपालिकाका प्रमुख राम थापाको प्रमुख आतिथ्यता तथा उपप्रमुख रेगीना भट्टराई प्रसाईको विशिष्ट आतिथ्यतामा भएको रक्तदान शुभारम्भ कार्यक्रममा उपप्रमुख भटटराई, प्रेस चौतारी १ नम्बर प्रदेश कमिटीका महासचिव गोपाल झापाली, जीवनचक्र समाजका अध्यक्ष गणेश गौतम, रक्तसञ्चार सेवा केन्द्रका प्रवद्र्धक सिद्धार्थ दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।