Logo

प्रेस सेन्टर झापाको अध्यक्षमा पाठक



झापा, १३ फागुन । प्रेस सेन्टरको झापाको अध्यक्षमा राजु पाठक निर्वाचित भएका छन् । कनकाई नगरापलिकाको सुकेडाँगी सामुदायिक बन सामुदायिक बनको सभाहलमा शनिवार सम्पन्न नवौं अधिवेशनबाट पाठकको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति निर्वाचित भएको हो ।

समितिमा होमप्रकाश अधिकारी (खुला), सन्तोष शर्मा (मावेशी) र शर्मिला पुरी (महलिा) उपाध्यक्ष निर्वाचित भएका छन् । सचिवमा पुष्प खड्का, सहसचिवमा सुमित भण्डारी र बीरेन्द्र सुब्बा, कोषाध्यक्षमा केशव चापागाई निर्वाचित भएका छन् । यसैगरी सदस्यमा टीकाराम बास्तोला, दर्पण क्षेत्री, प्रेम बहादुर तामाङ, रतन बुढाथोकी, बालदिवश तामाङ र भोला तिम्सिना रहेका छन् ।

उद्घाटन समारोहका प्रमखि अतिथि पूर्व सञ्चारमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का सचिव राम कार्की (पार्थ) रहेका छथिए । कार्यक्रमका प्रमुख अतिथि कार्की, प्रेस सेन्टर नेपालका उपाध्यक्ष विवेक गौतम, सेन्टरका प्रदेश १ अध्यक्ष विनोद घिमिरे, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, सेन्टर झापाका पूर्व अध्यक्ष तारामणि सापकोटा, नेपाल प्रेस युनियनकी केन्द्रीय सचिव रेजिना गौतम, प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदाल, समाजबादी प्रेस संगठन झापा उपाध्यक्ष दिलीप थापा, आदिवासी जनजाती पत्रकार महासंघ झापाकी अध्यक्ष भूमिका सुब्बा, सुकेडाँगी सामुदायिक बन उपभोक्ता समुहकी अध्यक्ष शान्ति घिमिरे, मेचीनगर प्रेस क्लबका अध्यक्ष डम्बर बराललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

त्यस्तै बन्दसत्रको कार्यक्रममा नेकपा (माओवादी केन्द्र) प्रदेश १ उपाध्यक्ष तथा फ्याक्सन इन्चार्ज मणिकुमार साम्पाङ (बिजय)लगायतले आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए । संगठनका केन्द्रय सचिव विमल लामिछानेको संयोजकत्वमा गठित अध्यक्ष मण्डलको सदस्यमा तारामणि सापकोटा र डिकेश लामा सदस्य रहेका थिए । झुलन रेग्मीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत सुश्मा कुमालले र सञ्चालन सचिव उद्धव पुरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्