झापा, २० वैशाख । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा ‘पत्रकारिताको बदलिदो आयाम: अनलाइन पत्रकारिता, लेखन र समाचार कक्षको भूमिका’ विषयक दुई दिने प्रशिक्षण आजबाट सुरु भएको छ ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा गौरादह नगरपालिकाको सहयोगमा सुरु भएको तालिममा ३५ जना सञ्चारकर्मीहरुको सहभागिता रहेको छ ।
पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा सुरु भएको तालिमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईले गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि भट्टराईले प्रेस स्वतन्त्रता दिवसको शुभकामना व्यक्त गर्दै विचारलाई समाचार बनाउन नहुने, समाचार तथ्यपरक हुनुपर्नेमा जोड दिए ।
उक्त तालिमको सहजीकरण नेपाल खबर डटकमका सम्पादक अरुण बरालले गरिरहेका छन् ।
उक्त तालिमको उद्घाटन समारोहमा महासंघ प्रदेश १ समितिका सदस्य विष्णु सुब्बा, प्रेस चौतारीका जिल्ला अध्यक्ष मनकुमार गदाल, प्रेस युनियनका जिल्ला उपाध्यक्ष गिरिराज भट्टराई, समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष अनिलदेव राई, फोनिजकी जिल्ला अध्यक्ष भूमिका सुब्बा, सञ्चार क्लब गौरादहका सचिव सान नेपाल, शिवसताक्षी प्रेस क्लवका अध्यक्ष सेलिङ केसीले आ-आफना धारणा राखेका थिए ।
महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव डिकेश लामाले गरेका थिए ।