Logo

फाइनल पुगेको फ्रान्सलाई ६० वर्षमा विश्वकप उपाधि दोहोर्‍याउने अवसर



कतार, २९ मंसिर । विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने भएका छन् ।

गएराति भएको सेमिफाइनलमा मोरक्कोलाई पराजित गरेपछि फ्रान्सले अर्जेन्टिनासितको उपाधि भिडन्त पक्का गरेको हो ।

आइतवार लुसैल रङ्गशालामा आर्जेन्टिनासँग फाइनल खेल्ने फ्रान्स ६० वर्षपछि पुरुषतर्फको विश्वकपको उपाधि दोहोर्‍याउने पहिलो राष्ट्र बन्न सक्छ ।

यसअघि सन् १९५८ र सन् १९६२ को विश्वकप लगातार ब्रजिलले जितेको थियो ।

बुधवार हरेक पटक बल आफ्नो नियन्त्रणमा राख्दा मोरक्को समर्थकहरूबाट आएका लगातारका हुटिङबीच फ्रान्सले निकै सङ्गठित प्रदर्शन गर्दै कतारमा जारी विश्वकप टुङ्ग्याउने अर्को फुटबल शक्तिसँगको आफ्नो फाइनल खेल सुनिश्चित गरेको हो ।

एम्बाप्पेविरूद्ध मेस्सीको रूपमा हेरिएको आमधारणा आइतवारको खेलमा उत्कर्षमा पुग्नेछ जतिखेर फ्रान्सले सन् २०१८ को मस्को विश्वकपमा क्रोएशियालाई फाइनलमा हराएझैँ इतिहास दोहोर्‍याउन खोज्नेछ ।

फ्रान्सका दिदिए देशाँ क्याप्टेन रहेको टोलीले सन् १९९८ मा आफ्नै देशमा आयोजित विश्वकपमा उपाधि उचालेको थियो । कोचका रूपमा उनै ५४ वर्षीय देशाँले यतिखेर दुईवटा विश्वकप जिताउँदै इतिहास रच्ने अवसर पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्