सोलुखुम्बु, २० मंसिर । सोलुखुम्बुको फाप्लु विमानस्थलमा अवतरण गर्ने क्रममा नेपाल एअरलाइन्सको जहाजमा समस्या आएको छ ।
आज बिहान अल्फा ब्राबो युनिफम (9N-ABU) कल साइन भएको जहाजमा प्राविधिक समस्या आएपछि करिब २५ मिनेट होल्ड गरिएको विमानस्थलले जनाएको हो ।
अवतरण गर्ने क्रममा बिहान करिब १० बजे एक्कासी अगाडिको चक्का जाम (विल लक) भएपछि यात्रुहरुमा खैलाबैला मच्चिएको थियो । प्राविधिक समस्या देखिएको जहाजको समस्या समाधान गरी निर्धारित समयभन्दा करिब ३५ मिनेट ढिला गरी काठमाडौँ फर्किएको नेपाल एअरलाइन्सले जनाएको छ ।
चालक दलका तीन सदस्यसहित १७ जना यात्रु लिएर काठमाडौँ फर्किन लागेको जहाजमा खराबी आएपछि करिब २५ मिनेट होल्ड गरिएको थियो ।






