Logo

फिनल्यान्डकी प्रधानमन्त्री मरिन रक्सी खाँदै रमाएपछि…



फिनल्यान्ड, ३ भदौ । फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिनले रक्सी खाँदै आफ्ना साथीभाइसँग रमाइरहेको भिडियो भाइरल भएको छ ।

भाइरल भएको भिडियोमा प्रधानमन्त्री मरिनले रक्सी खाएर नाच्दै र गाउँदै गरेको देख्न सकिन्छ । भिडियोमा फिनल्यान्डका सेलिब्रेटीहरूलाई पनि देख्न सकिन्छ । भिडियो भाइरल भएसँगै उनको आलोचना भइरहेको छ भने विपक्षी नेताले त लागुऔषध खाएको हो वा होइन भनेर जाँच गरिनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री मरिनले भने आफूले लागुऔषध नखाएको बताउँदै नाच्न र रमाउन पाउनु वैधानिक भएको प्रतिक्रिया दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्