Logo

फिफाले भारतमाथि लगाएको प्रतिबन्ध हटायाे



भारत, ११ भदौ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेशन (एआईएफएफ) माथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ ।

फिफाले पत्र लेखेर भारतको फुटबल सङ्घलाई अनिश्चितकाल सम्मका लागि लगाएको प्रतिबन्ध फुकुवा गरेको जनाएको हो ।

भारतले गएको मङ्गलवार फिफाले राखेका मागलाई स्वीकार गरेको ब्यहोरासहित प्रतिबन्ध फुकुवाका लागि पत्र लेखेको थियो ।

प्रतिक्रिया दिनुहोस्