Logo

फिफा महिला विश्वकप फुटबल: स्विट्जरल्यान्डसँग फिलिपिन्स पराजित



न्युजिल्यान्ड, ५ साउन । फिफा महिला विश्वकप फुटबल २०२३ मा स्विट्जरल्यान्डले फिलिपिन्सलाई हराएकाे छ ।

शुक्रवार न्युजिल्यान्डकाे फरसिथ बार स्टेडियममा भएकाे खेलमा स्विट्जरल्यान्डले फिलिपिन्सलाई २-० गाेलले हरायाे । स्विट्जरल्यान्डका लागि खेलकाे ४५ औँ मिनेटमा राेमानाे बाचमानले पेनाल्टीमार्फत गाेल गरिन् ।

यस्तै खेलकाे ६४ औँ मिनेटमा सेरिना सेभेरिन पिउबेलले ६४ औँ मिनेटमा गाेल गरिन् । याे जितसँगै समूह ‘ए’ मा रहेकाे स्विट्जरल्यान्डले ३ अङ्क जाेडेकाे छ ।

प्रतिक्रिया दिनुहोस्