Logo

फिफा महिला विश्वकप फुटबल: अमेरिकासँग भियतनाम पराजित



न्युजिल्याण्ड, ६ साउन । फिफा महिला विश्वकप फुटबलमा अमेरिकाले भियतनामलाई हराएको छ ।

आज बिहान न्युजिल्याण्डको इडेन पार्कमा भएको समूह ‘ई’ को खेलमा भियतनाम अमेरिकासँग ३-० ले पराजित भएको हो ।

अमेरिकाका सोफिया स्मिथले २ तथा लिन्डसे होरानले एक गोल गरे । जितसँगै अमेरिकाले तीन अंक जोडेको छ । आज अरु तीन खेल हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्