Logo

फिफा वरीयतामा नेपाल यथावत्



काठमाडौँ, ४ साउन । फिफा वरीयतामा नेपाली राष्ट्रिय पुरुष फुटबल टोली यथावत् रहेको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय इन्टरनेशनल फेडेरेशन अफ एसोसिएसन फुटबल (फिफा) ले बिहीवार सार्वजनिक गरेको नयाँ विश्व वरीयतामा नेपाल १७५ औंँ स्थानमा छ ।

नयाँ वरीयताअनुसार दक्षिण एसियाली राष्ट्रमा भने नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा अघि रहेको भारत ९९ औंँ स्थानमा छ भने माल्दिभ्स १५५ औँ स्थानमा छ । नेपालपछि भुटान १८५ औँ, बङ्गलादेश १८९ औंँ, पाकिस्तान २०१ औंँ र श्रीलङ्का २०४ औँ स्थानमा छ ।

विश्व वरीयताको शीर्ष स्थानमा अर्जेन्टिना छ भने दोस्रो स्थानमा फ्रान्स छ । यसैगरी ब्राजिल तेस्रो स्थानमा रहँदा इङ्ग्ल्यान्ड चौथो तथा बेल्जियम पाँचौँ स्थानमा छन् । यसैगरी क्रोएसिया छैटौँ, नेदरल्यान्ड्स सातौँ, इटाली आठौँ, पोर्चुगल नवौँ र स्पेन दशौँ स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्