काठमाडौँ, ९ असार । फिफा वरीयतामा नेपाल एकै पटक आठ स्थान तल झरेको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीवार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल आठ स्थान तल झरेको हो ।
नयाँ वरीयतामा नेपाल एक सय ७६ औँ स्थानमा पुगेको छ । अघिल्लो वरीयतामा नेपाल १ सय ६८ औँ स्थानमा रहेको थियो ।
फिफा वरीयताको शीर्ष पाँचमा क्रमशः ब्राजिल, बेल्जियम, अर्जेन्टिना, फ्रान्स र इङ्ग्ल्यान्ड रहेका छन् ।