काठमाडौँ, २४ कार्तिक । फिफा विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको दोस्रो चरणमा यूएईसँग खेल्ने नेपाली टोलीको घोषणा भएको छ ।
मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले आज अन्तिम टोली घोषणा गरेका हुन् ।
नेपालले आउँदो बिहीवार यूएईसँग खेल्नेछ । यूएईसँगको खेलका लागि नेपाली टोली आइतवार त्यसतर्फ प्रस्थान गर्नेछ ।
यसैबीच डिफेन्डर अनन्त तामाङले चोटका कारण विश्वकप छनोटको दोस्रो चरण गुमाउने भएका छन् । तामाङको घुँडामा चोट लागेको र यूएईसँगको खेलमा फिट नहुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बताएको छ ।
यस्तो छ नेपाली टोली
गोलकिपर : किरणकुमार लिम्बु, दीप कार्की, अभिशेक बराल
डिफेन्डर : सनिश श्रेष्ठ, रोहित चन्द, आशिष चौधरी, अमित श्रेष्ठ, एरिक विष्ट, छिरिङ लामा, योगेश गुरुङ
मिडफिल्डर : लकेन लिम्बु, उत्सव राई, कृतिशरत्न छुन्जु, मनिष डाँगी, सेसेहाङ आङ्देम्बे, निशान हमाल
फरवार्ड : अञ्जन विष्ट, आयुष घलान, जिलेस्पी जङ्ग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, राजेश परियार