Logo

फिलिपिन्समा ‘नोरु’ आँधीका कारण दश जनाको मृत्यु



फिलिपिन्स, १२ असोज । सुपर टाइफुन नोरुले फिलिपिन्सको लुजोन टापुमा साताको अन्त्यमा भारी वर्षा र हावा चलेको कारण कम्तीमा दश जनाको मृत्यु भएको छ ।

यस प्रकोपको कारण यहाँ लाखौं मानिसहरू शरणार्थी बन्न पुगेका छन् ।

राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण र व्यवस्थापन परिषदले मनिलाको उत्तरी प्रान्त बुलाकानमा अचानक बाढीले बगाएको पाँच उद्धारकर्ताको मृत्यु भएको पुष्टि गरेको थियो । त्यसपछि अन्य पाँच जनाको मृत्यु भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्