Logo

फिलिपिन्समा रेडियो प्रसारकको गोली हानी हत्या



फिलिपिन्स, १९ कार्तिक । फिलिपिन्समा आइतबार एक रेडियो प्रसारकलाई उनको स्टुडियोभित्रै गोली हानी हत्या गरिएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार फिलिपिन्समा मारिएका पत्रकारहरूको लामो सूचीमा यो नयाँ घटना हो ।

मिसामिस अक्सिडेन्टल प्रान्तमा कलाम्बा नगरपालिकाका प्रहरी प्रमुख क्याप्टेन डेओर रगिनियोका अनुसार दक्षिणी टापु मिन्डानाओस्थित आफ्नो घरमा रहेको रेडियो स्टेसनमा बन्दुकधारीले ५७ वर्षीय जुआन जुमालोनको टाउकोमा गोली चलाएका थिए ।

संदिग्ध बन्दुकधारी अन-एयर घोषणा गर्ने बहाना बनाएर स्टुडियोमा प्रवेश गरेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार गोली हानेपछि अपराधी भाग्यो र जुमालोनलाई स्थानीय अस्पतालमा मृत घोषणा गरिएको थियो ।

पत्रकारहरूका लागि फिलिपिन्स विश्वमा सबैभन्दा खतरनाक स्थान हो र यहाँ पत्रकारका हत्याराहरू प्राय सजायबाट बच्ने गरेका छन् ।

राजधानीबाहिर प्राय रेडियो प्रसारक निशानामा पर्ने गरेका छन् । जुमालोनले आफ्नो सेबुआनो-भाषा ९४.७ गोल्ड एफएम कलाम्बा स्टेसनमा ‘डिजे जोनी वाकर’ नाम प्रयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्