Logo

फिलिपिन्समा सडक दुर्घटनमा छ जना प्रहरीसहित सात जनाको मृत्यु



फिलिपिन्स, २९ माघ । दक्षिणी फिलिपिन्समा भएको सवारी दुर्घटनामा छ जना प्रहरी अधिकृतसहित सात जनाको मृत्यु भएको छ भने अन्य २२ जना घाइते भएका छन् ।

मिसामिस ओरिएन्टल प्रान्तमा दुईवटा यात्रुवाहक भ्यान दुर्घटना हुँदा उनीहरूको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुवै भ्यान इलिगान सिटीबाट कागायन डे ओरो सिटीतर्फ गइरहेका बेला मालबाहक ट्रकलाई उछिन्न खोज्दा उक्त दुर्घटना भएको हो । दुर्घटनामा १९ जना प्रहरी घाइते भएका छन भने एक जनाको अवस्था गम्भीर छ ।

प्रतिक्रिया दिनुहोस्