Logo

फिल्म ‘प्रसाद २’को ट्रेलर सार्वजनिक



काठमाडौँ, २२ फागुन । सुदर्शन थापाको निर्देशनमा बनेको फिल्म ‘प्रसाद २’को ट्रेलर सार्वजनिक भएको छ । राजनीतिक र सामाजिक कथामा बनेको ‘प्रसाद २’ चैत २४ गतेदेखि प्रदर्शन हुने मिति तय भएपछि ट्रेलर सार्वजनिक भएको हो ।

फिल्ममा विपिन कार्की र केकी अधिकारी मुख्य भूमिकामा छन् । फिल्ममा अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल लगायतका कलाकारको पनि अभिनय देख्न सकिन्छ ।

राजेश श्रेष्ठको छायाङ्कन रहेको फिल्ममा सुशील पौडेलको कथा छ । फिल्ममा मिलन श्रेष्ठको सम्पादन, राजनराज सिवाकोटीको सङ्गीत छ । सुभाष थापाको प्रस्तुतिमा तयार भएको फिल्मका निर्माता सुदर्शन बस्नेत छन् ।

प्रतिक्रिया दिनुहोस्