काठमाडौँ, २६ मंसिर । मङ्गलबजारदेखि लगनखेलसम्म फुटपाथ व्यापार गर्न नदिने ललितपुर महानगरपालिकाको निर्णयविरुद्ध प्रदर्शन हुने भएको छ ।
अभियन्ता ई: ले आज दिउँसो ३ बजेदेखि १ सय ८ घण्टा उभिएर विरोध प्रदर्शन गर्न लागेका हुन् ।
गएको १९ गते ललितपुर महानगरपालिकाले मङ्गलबजारदेखि लगनखेलसम्म फुटपाथमा व्यापार गर्न रोक लगाएको थियो । यो निर्णय फिर्ता लिन माग गर्दै अभियन्ता ई: ले १ सय ८ घण्टा उभिने बताएका छन् । यसअघि काठमाडौँ महानगरपालिकाविरूद्ध राष्ट्रियसभा गृहअगाडि १ सय १९ घण्टा उभिएर विरोध जनाएका अभियान्ता ईः र महानगरपालिकाबीच असोज १० गते तीन बुँदे सहमति भएको थियो ।






