काठमाडौँ, १० पुस । नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिफारिस भएपछि चोट पछि चेत आउने यसरी नै हो भन्दै टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले फुट र प्रतिगमन दुवै पराजित भएको बताए ।
उनले लेखेका छन,‘फुट र प्रतिगमन दुवै पराजित,विश्वास र एकताको सुस्तरी ढोका खोल्न बाँकी रह्यो,चोट पछि चेत आउने यसरी नै हो ।’
एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको बैठकले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको हो ।







