Logo

फेरि ओरालो लाग्यो शेयर बजार



काठमाडौँ, २७ वैशाख । दुई दिन घटेर मङ्गलवार सामान्य बढेको शेयर बजार बुधवार फेरि ओरालो लागेको छ ।

शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव ४३ अङ्कले घटेर एक हजार आठ सय ४१ दशमलव ९३ विन्दुमा झरेको छ । आज माइक्रोफाइनान्स, जलविद्युत्, उत्पादन, फाइनान्स र निर्जीवन बीमा समूहको शेयर सामान्य बढेको छ भने अरू समूहको शेयर घटेको छ ।

बजार घटेको दिन दुई सय ६५ वटा कम्पनीको १९ लाख ४२ हजार कित्ता शेयर ५८ करोड ९१ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रो पावर कम्पनीको तीन करोड ५६ लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्