काठमाडौँ, २ भदौ । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक फेरि सरेको छ ।
पदाधिकारीलाई अन्तिम रूप दिने भन्दै माओवादीले आज बेलुकी ६ बजेका लागि बैठक बोलाएको थियो । त्यसअघि माओवादीले आजै बिहान नौ बजे बैठक बोलाएको थियो ।
प्रतिनिधि सभामा नागरिकता विधेयकमाथि छलफल चलिरहँदा सांसदहरूले मतदान गर्नुपर्ने भएकाले आजका लागि राखिएको बैठक शुक्रवार बिहानका लागि सरेको कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।







