Logo

फोहरका गाडी अवरोध नगर्न काँग्रेस कार्यकर्तालाई महान्त्री थापाको आग्रह



काठमाडौँ, १ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौँ उपत्यकाको फोहर विसर्जनमा पार्टीको तर्फबाट अवरोध नगर्न आग्रह गरेका छन् ।

केही दिनयता सिसडोल र बञ्चरेडाँडा ल्यान्डफिल्ड साइटमा फोहर विसर्जनका क्रममा अवरोध भइरहेको भन्दै उनले यस विषयमा हल खोज्न मद्दत गर्न आग्रह गरेका हुन् ।

उनले भनेका छन्, ‘नेपाली कांग्रेस पार्टीको तर्फबाट पालिकाको नेतृत्वलाई कोही पनि साथी अवरोधमा संलग्न नहुन भनिसकिएको छ । पार्टीको जिम्मेवार पदाधिकारीको नाताले पुनः खुला आह्वान गर्न चाहन्छु- पार्टीको कुनै पनि तहको कोही पनि साथी अवरोधमा संलग्न नहुनुहोस्, समाधानका लागि सक्रिय हुनुहोस् । अन्य राजनीतिक दलका स्थानीय नेता र कार्यकर्तालाई पनि आग्रह छ- अवरोध होइन यो विषयमा हल खोज्न मद्दत गर्नुहोस् ।’

काठमाडौँ फोहरले अस्तव्यस्त भएको र यही अवस्था अझ केही दिन रहेमा महामारी फैलन सक्ने सम्भावना रहेको भन्दै नेता थापाले सचेत पनि गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्