काठमाडौँ, २४ साउन । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहर बोक्ने गाडी तोडफोड गर्नेलाई अपराधी भन्दै उनीहरूलाई कानुनअनुसार कडा कारबाही हुनुपर्ने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मेयर साहले तोडफोड गर्नेहरूबाट नै यसको भरपाइ तथा क्षतिपूर्ति गराउनुपर्ने र यसका लागि महानगरले सम्बन्धित संयन्त्र तथा निकायहरूसँग समन्वय गरिरहेको बताएका हुन् ।
उनले यो तोडफोडलाई फोहर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन गरिएको पछिल्लो चलखेलका रूपमा बुझेको बताएका छन् ।







