काठमाडौं, १२ असार । काठमाडौंबासीले आगामी साउन १ गते देखि फोहोर वर्गीकरण नगरी फोहोर विसर्जन गरे ५ सय रुपियाँसम्म जरिवाना तिर्नुपर्ने भएको छ । काठमाडौं महानगरपालिकाले घरमा उत्पादन भएको फोहोर भान्साबाटै छुट्याउन महानगरबासीलाई आग्रह गर्दै त्यसो नगरे कडाइका साथ कारबाही गर्ने चेतावनी दिएको छ ।
कामनपाले साउनदेखि नियमित अनुगमन गर्ने जानकारी दिँदै कामनपा वातावरण विभाग प्रमुख सरिता राईले भनिन् ,‘हामीले घरबाट निस्कने फोहोर सवारी साधनमा लोड गर्दादेखि नै अनुगमन गर्नेछौं । अटेर गरे ठाउँको ठाउमा कारबाही गर्नेछौं ।’ आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।