काठमाडौँ, १ भदौ । काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन गर्न बञ्चरेडाँडा लैजान लगातार समस्या भएसँगै तीन वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू छलफलमा जुटेका छन् ।
बुधबार काठमाडौँ, नुवाकोट र धादिङ जिल्लाका प्रमुख छलफलमा जुटेका हुन् ।
उपत्यकाको फोहोर व्यवस्थापनका लागि लामो समयदेखि समस्या भएको छ । जसको समाधानका लागि छलफल भइरहेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए । छलफलमा नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल र धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल सहभागी भएका छन् ।
काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यलगायत जनप्रतिनिधि तथा केही स्थानीयहरू सँग छलफल भइरहेको हो ।






