
काठमाडौँ, ७ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फोहोर व्यवस्थापनका सन्दर्भमा महानगरपालिकाले गर्नुपर्ने काम निरन्तर गरिरहेको बताएका छन् ।
उनले आज आफ्नो सामाजिक सञ्जालमा लेख्दै भनेका छन्– ‘केही दिनदेखि काठमाडौँको फोहोर उठ्न थालेको छ । अब पुनः समस्या नबल्झियोस् भन्नका लागि निरन्तर सहजीकरण र अनुगमन आवश्यक छ । फोहोर व्यवस्थापनका सन्दर्भमा महानगरपालिकाले गर्नुपर्ने काम निरन्तर गरिरहेको छ ।’
‘यस बाहेक संघीय सरकारले गर्नुपर्ने काम तोकिएकै समयमा हुन सकोस् र दीर्घकालीन हल खोज्न सकियोस् भन्नका लागि हिजो सहरी विकास मन्त्रीज्यूको समन्वयमा बैठक बस्यौँ,’ उनले बताए । ‘बैठकले काठमाडौँ, नुवाकोट र धादिङका प्रतिनिधिसभा सदस्यहरू सम्मिलित सहजीकरण तथा अनुगमन समिति बनाउने निर्णय गरेको छ ।’
त्यसैगरी, ‘समितिले सम्झौता बमोजिमका कामहरू समयमा गर्न तिनै तहका सरकार र निकायहरूसँग समन्वय र सहजीकरण गर्नेछ’, उनले बताए ।







