Logo

फ्रान्सका राष्ट्रपति म्याक्रोँले गुमाए बहुमत



फ्रान्स, ६ असार । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले संसदको तल्लो सदनमा बहुमत गुमाएका छन् ।

उनको मध्यमार्गी पार्टी ला रिपब्लिक एन मार्च नेतृत्वको गठबन्धन तल्लो सदनमा बहुमत हासिल गर्न असफल भएको हो । तल्लो सदनमा म्याक्रोँले स्पष्ट बहुमतका लागि २ सय ८९ सिट प्राप्त गर्नुपर्नेमा उनको गठबन्धनलाई २ सय ४५ सिटमात्र प्राप्त भएको छ ।

म्याक्रोँ राष्ट्रपतिमा पुन: निर्वाचित भएको दुई महिना नबित्दै उनको पार्टीले तल्लो सदनमा नियन्त्रण गुमाएपछि अब उनलाई सरकार सञ्चालनमा चुनौति थपिने विश्लेषण गरिएको छ । यो निर्वाचनमा वामपन्थी, अति वामपन्थी र ग्रीन पार्टीहरुको गठबन्धनले दोस्रो र मारिन ल पेनको अति दक्षिणपन्थी पार्टी तेस्रो बन्दा म्याक्रोँ कमजोर बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्