Logo

फ्रान्सको राजधानी पेरिसमा हिंसा भड्कियो: प्रदर्शनकारी र प्रहरीबीच झडप



फ्रान्स, १० पुस । फ्रान्सको राजधानी पेरिसमा हिंसा भड्किएको छ ।

कुर्दिश समुदायले शुक्रवार भएको गोलीकाण्डमा आफ्नो समुदायका तीन नागरिकको मृत्यु भएको विरोधमा प्रदर्शन गरेका छन् ।

कुर्दिश प्रदर्शनकारी र प्रहरीबीच हिजो दोस्रो दिन पनि झडपका घटना भएका छन् । प्रदर्शन रोक्ने क्रममा प्रहरीले दर्जनौँ सेल अश्रुग्यास प्रहार गरेको छ । केही प्रदर्शनकारी घाइते भएका बीबीसीले जनाएको छ । पेरिसका प्रहरी प्रमुख लरेन्ट नुनेजले विरोध प्रदर्शन अचानक हिंसात्मक बनेको टिप्पणी गरेका छन् ।

राजधानी पेरिसमा भेला भएका प्रदर्शनकारीले सरकारविरुद्ध नारा लगाएका थिए । उनीहरुले हिजो ठाउँठाउँमा टायर बालेर सडक बन्द गरेका थिए । शुक्रवार राजधानी पेरिस नजिक एक कुर्दिश क्याफेमा अन्धाधुन्ध गोली प्रहार हुँदा तीन जना कुर्दिश नागरिकको ज्यान गएको थियो भने पाँच जना घाइते भएका थिए ।

गोलीकाण्डमा ६९ वर्षीय अभियुक्त यसअघि पनि विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको फ्रान्स सरकारले जनाएको छ । सयौँ कुर्दिस प्लेस डे ला रिपब्लिकमा श्रद्धाञ्जली दिन भेला भएका थिए तर पछि हिंसा भड्किएको खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्