फ्रान्स, १२ वैशाख । फ्रान्सको राष्ट्रपतिमा फेरि इम्यानुएल म्याक्रो विजयी भएका छन् ।
जितसँगै ४४ वर्षका उनी पछिल्लो २० वर्षमा दोस्रो कार्यकालका लागि चयन हुने पहिलो राष्ट्रपति समेत बनेका छन् ।
राष्ट्रपतिको निर्वाचनमा म्याक्रोले विपक्षी उम्मेदवार मरिन ली पेनलाई हराएका हुन् ।
मत परिणामको आधिकारिक तथ्याङ्क आउनु अगाडि र औपचारिक घोषणा हुनु अगाडि नै उनका प्रतिस्पर्धी नेता ली पेनले हार स्वीकार गरेका खबरमा उल्लेख छ ।