Logo

फ्रान्समा पाँच जना बालबालिकासहित छ जना माथि चक्कु प्रहार



फ्रान्स, २५ जेठ । फ्रान्समा तीन वर्षमुनिका पाँच जना बालबालिकामाथि चक्कु प्रहार भएको छ ।

फ्रान्सेली आल्प्सको एन्नेसी सहरमा एक जना वयस्कसहित छ जना बालबालिकामाथि चक्कु प्रहार भएको हो ।

बिहीवार बिहान सहरको ताल नजिकैको उद्यानमा चक्कु बोकेर हिँडेका एक व्यक्तिले एक जना वयस्क र तीन वर्ष उमेर समूहका बालबालिकामाथि अन्धाधुन्ध आक्रमण गरेर घाइते बनाएका एक स्थानीय अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।

प्रहरीले आक्रमणकारीलाई पक्राउ गरेको छ र उनी फ्रान्समा शरण चाहने सिरियाली नागरिक भएको बताइएको छ । घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।

आक्रमणको खबर सार्वजनिक भएपछि राष्ट्रिय संसदमा सदस्यहरू एक मिनेट मौन भएका थिए । राष्ट्रपति इम्यानुएल म्याक्रोँले आक्रमणको निन्दा गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्