फ्रान्स, १४ असार । फ्रान्समा प्रहरीको गोली लागेर एक युवाको ज्यान गएपछि देशभर प्रदर्शन हुन थालेको छ ।
केही ठाउँमा प्रदर्शन उग्र हुन थालेपछि प्रहरीले बल प्रयोग गरेको छ । अहिलेसम्म प्रहरीले एक सय ५० जनालाई पक्राउ गरेको छ ।
गृहमन्त्री गेराल्ड डार्मानिनले रातभर प्रदर्शनकारीले देशभरका स्कुल, टाउन हल र प्रहरी स्टेशनहरूलाई निसाना बनाएर आक्रमण गरेका बताएको बीबीसीले जनाएको छ ।
फ्रान्सको राजधानी पेरिसमा मङ्गलवार एक युवाले ट्राफिक जाँचका लागि कार नरोकेपछि प्रहरीले गोली चलाएकाे थियो । प्रहरीको गोली लागेका युवाको केही पर पुगेपछि कार दुर्घटनामा ज्यान गएको थियो ।
युवाले प्रहरीलाई किच्ने नियतका साथ कार चलाएको पेरिस प्रहरीको दाबी छ तर सीसीटीभी फुटेजमा भने प्रहरीले कारको झ्याल नजिकै पुगेर र एकैछिन रोकिएरमात्रै गोली चलाएको देखिएको छ ।





