Logo

बङ्करमा रहेका नेपाली विद्यार्थीलाई इजरायली सेनाले उद्धार गरेर सुरक्षित ठाउँमा लग्याे



इजरायल, २२ असोज । प्यालेस्टिनको विद्रोही समूह हमासले आक्रमण गरेको इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपाली विद्यार्थीलाई इजरायली सेनाले उद्धार गरेर सुरक्षित स्थानतर्फ लगेको छ ।

इजरायली सेनाले स्कर्टिङ गरेर आफूहरूलाई सुरक्षित स्थानतर्फ लगेको बर्दियाका लुइस रिजालले भिडियो सन्देशमार्फत जानकारी गराएका हुन् । उनीहरूलाई इजरायली सेनाले बङ्करबाट निकालेर तेल अभिभतर्फ लगेको छ ।

उनीहरू सुदूरपश्चिम विश्वविद्यालयबाट ‘लर्न एन्ड अर्न’ कार्यक्रममा गएका हुन् । आक्रमणमा उनीहरूकै समूहका १० जनाको ज्यान गएको हो ।

प्रतिक्रिया दिनुहोस्