
बङ्गलादेश, ११ असोज । बङ्गलादेशको उत्तरी क्षेत्रमा डुङ्गा डुब्दा मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।
राजधानी ढाकाबाट ४ सय ६८ किलोमिटर टाढा बङ्गलादेशको उत्तरी पञ्चगढ जिल्लाको कराटोया नदीमा थप ७ जनाको शव फेला परेको हो ।
डुङ्गा दुर्घटनामा बेपत्ता भएका ३० जनाको अवस्था अझै थाहा हुन नसकेको बङ्गलादेशको प्रहरीले जनाएको छ । उनीहरुको खोजी चलिरहेको छ ।
प्रहरी निरीक्षक सिराजुल हुडाका अनुसार झण्डै सय जना यात्रु बोकेको डुङ्गा आइतबार दिउँसो डुबेको थियो । आइतबार बेलुका २५ जनाको शव भेटिएको थियो ।