Logo

बङ्गलादेशमा फेरि हिंसात्मक प्रदर्शन



काठमाडौं, २४ माघ ।  बङ्गलादेशमा फेरि हिंसात्मक प्रदर्शन शुरू भएको छ । पूर्वप्रधानमन्त्री शेख हसिनाका विपक्षीहरूले गएराति उहाँका पिता शेख मुजिबुर रहमानको ढाकामा रहेको घरमा आगो लगाएर ध्वस्त पारेका छन् ।

उनीहरुले हिजै बेलुकादेखि देशभरि शेख हसिनाको पार्टी अवामी लिगका नेताहरूको घरमा तोडफोड गरेका बीबीसीले जनाएको छ । उनीहरुले शेख मुजिबुर रहमानको भित्ते चित्रहरू बिगारेका थिए ।

भारतमा रहनुभएका शेख हसिनाको अनलाइन कार्यक्रम अघि हिंसा शुरू भएको थियो । शेख हसिनाको बङ्गलादेश विरोधी गतिविधिका कारण प्रदर्शन भएको बङ्गलादेशका सञ्चार माध्यमले बताएका छन् ।

शेख हसिनाका विपक्षीहरूले उनी भारतमा बसेर बङ्गलादेश विरोधी गतिविधि गरिरहेको आरोप लगाउँदै आएका छन् ।

गएको वर्ष बङ्गलादेशमा आरक्षणविरुद्ध विद्यार्थीको हिंसात्मक प्रदर्शनपछि शेख हसिनालाई देश छाडेर भारत जानुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस्