बङ्गलादेश, ५ चैत । बङ्गलादेशको दक्षिणी जिल्ला शिवचरमा आज भएको सडक दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन् ।
हालै निर्माण गरिएको द्रुतमार्गमा यात्रीबाहक बस दुर्घटना हुँदा १७ जनाले ज्यान गुमाएका तथा घाइते सबैलाई नजिकको अस्पताल भर्ना गरिएको स्थानीय प्रहरी प्रमुख मसुद आलमले बताएका छन् ।
द्रुत गतिमा हुँइकिएको बस द्रुतमार्गको रेलिङमा ठोक्किएर खाडलमा खसेको छ ।