Logo

बङ्गलादेशविरुद्धको टी-२० सिरिजमा भारतको विजयी शुरुवात



काठमाडौँ, २१ असोज । भारतले बङ्गलादेशविरुद्धको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ । आइतबार राति सम्पन्न खेलमा भारतले बङ्गलादेशलाई ७ विकेटले पराजित गरेको हो ।

खेलमा टस जितेर ब्याटिङ गरेको बंगलादेशले भारतीय क्रिकेट टिमलाई १२८ रनको लक्ष्य दिएको थियो।

जवाफमा भारतीय टोलीले ११.५ ओभरमा तीन विकेट गुमाएर १३२ रन बनायो।

भारतका लागि सञ्जु सामसन र सूर्यकुमार यादवले २९/२९ रन बनाए। हार्दिक पाण्ड्याले ३९ रन बनाए।

भारतले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो।

ब्याटिङमा आएको बंगलादेशको टोली १९.५ ओभरमा १२७ रन बनाएर अलआउट भएको थियो।

बंगलादेशका लागि हसन मिराजले सर्वाधिक ३५ रन बनाए। नजमुल हुसेन शान्तोले २७ रन बनाए।

भारतीय बलरमा अर्शदीप सिंह र वरुण चक्रवर्तीले तीनरतीन विकेट लिए।

प्रतिक्रिया दिनुहोस्